२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

११ प्रतिशतले बढ्यो माण्डु हाइड्रोपावरको नाफा


सञ्चार डबली
  • शुक्रबार, माघ १९ २०८०
  • 7.2K
    SHARES

  • images
    ११ प्रतिशतले बढ्यो माण्डु हाइड्रोपावरको नाफा


    काठमाडौं । माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा ११.७७ प्रतिशत बढेको छ ।

    कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा १७ करोड ५ लाख रुपैयाँ कमाएको छ ।

    कम्पनीको बिक्री आम्दानी सामान्य घट्दा पनि वित्तीय खर्च नियन्त्रण भएपछि नाफामा वृद्धि देखिएको हो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४१ करोड ५२ लाख रुपैयाँको बिजुली बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा ४३ करोड २७ लाखको बिजुली बेचेको थियो ।

    कम्पनीको फाइनान्सियल लागत (खर्च) गत वर्षको दोस्रो त्रैमासमा १५ करोड रहेकोमा अहिले १२ करोडमा झरेको छ । कम्पनीको सेयर पूँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ बराबर छ ।

    कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७९ पैसा छ । हाल यस कम्पनीको सेयर मूल्य बिहीबार बजार बन्द हुँदा ६८४ रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend