२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, घट्योडलर, युरो र बेलायती पाउण्डको भाउ


सञ्चार डबली
  • शुक्रबार, माघ १९ २०८०
  • 9.5K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, घट्योडलर, युरो र बेलायती पाउण्डको भाउ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।शुक्रबार अमेरिकी डलरको भाउ संगै युरोको भाउ घटेको छ ।

    आज अमेरिकी डलरको भाउ १३ पैसाले घटेर एकको खरिददर १३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०५ पैसामा कारोबार भएको छ । बिहिबार यसको खरिददर १३२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रूपैयाँ १८ पैसामा कारोबार भएको थियो ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ १० पैसा र बिक्रीदर १४३ रूपैयाँ ७५ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ६२ पैसाले घटेको हो। बिहिबार युरोको खरिददर १४३ रूपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३७ पैसामा कारोबार भएको थियो ।

    त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ शुक्रबार भने ८३ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०८ पैसा कायम गरिएको छ । बिहिबार यसको खरिददर १६८ रूपैयाँ १४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९१ पैसा तोकिएको थियो ।

    यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २७ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६६ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ३९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८४ पैसा कायम गरिएको छ ।

    उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ०२ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०६ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ ।

    यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३२ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ र बिक्रीदर २८ रूपैयाँ १३ पैसा कायम गरेको छ ।

    साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ५६ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ५१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend