२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

गोरखाकी पत्रकार चेपाङलाई फोनिज युकेको पत्रकारिता पुरस्कार


सञ्चार डबली
  • बिहीबार , माघ १८ २०८०
  • 15.7K
    SHARES

  • images
    गोरखाकी पत्रकार चेपाङलाई फोनिज युकेको पत्रकारिता पुरस्कार

    गोरखा, १८ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको पत्रकारिता सम्मान २०२३ बाट गोरखाकी पत्रकार संगीता चेपाङलाई पुरस्कृत गरिने भएको छ । माघ ११ गते बिहीबार अर्थात २५ जनवरीको बैठकले चेपाङ र दिपीन राईलाई प्रदान गर्ने निर्णय गरेको हो ।

    पुरस्कार छनौट समितिका प्रमुख सोनाम छिरिङ शेर्पाले दिएको जानकारी अनुसार सम्मान र पुरस्कारका लागि फोनिज संघीय समितिले ५ जनाको नाम सिफारिस गरेका थिए । सम्मान र पुरस्कारको राशी जनही २५-२५ हजार रुपैयाँ रहेको छ ।

    युवा पत्रकार चेपाङ नेपालमा अति अल्पसंख्यक र लोपुन्मुख चेपाङ समुदायका पत्रकार हुनुहुन्छ । गोरखा जिल्ला गण्डकी गाउँपालिका–२ ताङलीचोक आमटार स्थायी घर भएकी पत्रकार चेपाङ चितवनको कुरिनटारमा रहेको इच्छाकामना एफ एम १०२.४ मेघाहर्जमा कार्यरत हुुनहुन्छ ।

    झापाका पत्रकार दिपीन राई यलम्बर टाइम्स सम्पादक र प्रकाशक तथा लोकतन्त्र दैनिकमा कार्यरत हुनुहुन्छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend