२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

अरुण चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं : सीआइबी


सञ्चार डबली
  • बिहीबार , माघ १८ २०८०
  • 9.1K
    SHARES

  • images
    अरुण चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौं : सीआइबी


    काठमाडौं ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरी ग्रुपमा आवद्ध व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता नवराज अधिकारीले चौधरीलाई पक्राउ गरिएको पुष्टि गरे ।बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको उनले बताए । 

    चौधरीसँगै बाँसबारी छालाजुत्ता कम्पनीका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पनि पक्राउ परेका हुन् ।बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । सीआईबीले चौधरीलाई लाजिम्पाट क्षेत्रबाट र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

    चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् । उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको र वाँकी जानकारी केही दिनभित्र दिइने प्रवक्ता अधिकारीले नेपाल न्यूज बैंकलाई बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend