२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 ३० अंकले घट्यो नेप्से परिसूचक


सञ्चार डबली
  • बिहीबार , माघ १८ २०८०
  • 7.8K
    SHARES

  • images
     ३० अंकले घट्यो नेप्से परिसूचक


    काठमाडौं । साताको अन्तिम कारोबराको दिन शेयर बजार भारी अंकले ओरालो लागेको छ । बुधबार पनि दाहोरो अंकले ओरालो लागेको शेयर बजार आज पनि घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ३० दशलमव ९२ अंकले घटेर २,०६७ को विन्दुमा कायम भएको छ । आज फाइनान्स उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने २२६ कम्पनीको घटेको छ ।

    आज ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ५४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नाङी ग्रुप पावरको १४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव १० प्रतिशतका दरले कमाएका हुन् । रावा इनर्जीका लगानीकर्ताले ३ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । सनराइज बैंक डिबेञ्चरका इकाईधनीले ३ दशलमव ५० प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले २ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै सामलिङ पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ४२ प्रतिशतका दरले गुमाएका छन् । मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ६ दशलमव ८८ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend