२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

जतिनै विरोध गरेपनि गठबन्धन भत्किनेवाला छैन् : अध्यक्ष नेपाल


सञ्चार डबली
  • बिहीबार , माघ १८ २०८०
  • 9.2K
    SHARES

  • images
    जतिनै विरोध गरेपनि गठबन्धन भत्किनेवाला छैन् : अध्यक्ष नेपाल

    काठमाडौं ।  गठबन्धनको जति नै विरोध गरेपनि गठबन्धन नभत्किने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । विहीबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जतिनै प्रयास गरेपनि पाँच वर्षसम्म गठबन्धन चल्ने बताए । 

    अध्यक्ष नेपालले भने, ‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन्, वान्ता नै भइरहेको छ । गठबन्धनको नाम सुन्ने वित्तिकै वाक्कदिक्क मान्छन् । तर उनीहरु जतिसुकै गठबन्धनको विरोधमा लागेपनि गठबन्धन भत्किनेवाला छैन् । पाँच वर्षसम्म गठबन्धन रहन्छ,’ उनले अगाडि भने,‘ गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिम अनुसार सुशासन कायम गर्छ । भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ । भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस भन्ने हाम्रो पनि चाहना छ ।’ 

    यस्तै उनले भाषण र वाचाभन्दा परिणाममूखी काम गर्न सरकारलाई आग्रह गरेको भन्दै यसको लागि गम्भीर भएर लाग्न आवश्यक रहेको बताए । उनले भने, ‘भाषण र वाचाभन्दा परिणाममूखी काम गर्नुपर्छ र त्यसको लागि सरकारलाई आग्रह पनि गरेका छौ । विगतका गल्तीलाई समिक्षा गर्नुपर्छ । कनिका छरेजसरी बजेट छर्ने । आवश्यक नभएको योजनामा लगानी गर्ने बानी छ, आफ्नो निर्वाचन क्षेत्र र बजेटबाहेक देशको बारेमा सोच्ने सोचको अभाव छ ।’

    मसानघाटबाट भूत जगाएजस्तै राजतन्त्रलाई फेरि ब्यूँताउन खोजिरहेको भन्दै यो व्यर्थको कसरत नगर्न आग्रह पनि गरेका छन् । उनले भने, ‘हराई सकेका शक्तिहरु, राजतन्त्रलाई फेरि ब्यूताउन खोजिरहेका छन्, मसानघाटबाट भूत जगाएजस्तै जगाउन खोजिरहेका छन् । तर उ जाग्नेवाला पनि छैन । केही गर्नेवाला पनि छैन् । जाग्न पनि दिदैँनौ, टिक्न पनि दिदैँनौ । त्यसकारणले व्यर्थको कसरत नगरौं ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend