२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , माघ १८ २०८०
  • 5.8K
    SHARES

  • images
    छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु


    काठमाडौं । मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनमा दुईजनाको मृत्यु भएको छ । ग्रामथान र बुढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा बुधबार साँझ दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ट्राफिक प्रहरी कार्यालयका अनुसार कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ग्रामथान–२ घर भएका २० वर्षीय उपेश सरदारको मृत्यु भएको हो । ठक्करले पैदलयात्री सरदार सिकिस्त घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै, बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा मोटरसाइकलको ठक्करले ७० वर्षीय जयप्रकाश रेग्मीको मृत्यु भएको छ । को ३८ प ९९३७ नम्बरको मोटरसाइकलको ठक्करले सिकिस्त घाइते भएका उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend