२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै


सञ्चार डबली
  • बिहीबार , माघ १८ २०८०
  • 7.8K
    SHARES

  • images
    हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बस्दै


    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज बिहान ११ बजे बस्दैछ । कम्पनीले सेयरधनीहरुको लागि लाभांश वितरण नगर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

    कम्पनीले सभामा ६ जनामा निर्वाचन पनि गर्ने जनाएको हो । जसअनुसार सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट पनि ३ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।

    साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । सभा, सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend