२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

विदेशी मुद्राको विनिमयदर,अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्यो


सञ्चार डबली
  • बिहीबार , माघ १८ २०८०
  • 9.9K
    SHARES

  • images
    विदेशी मुद्राको विनिमयदर,अमेरिकी डलरसँगै युरोको भाउ पनि घट्यो


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ संगै युरोको भाउ घटेको छ ।  

    आज अमेरिकी डलरको भाउ १० पैसाले घटेर एकको खरिददर १३२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रूपैयाँ १८ पैसामा कारोबार भएको छ । बुधबार यसको खरिददर १३२ रूपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रूपैयाँ २८ पैसामा कारोबार भएको थियो । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १८ पैसाले घछेको हो। बुधबार युरोको खरिददर १४३ रूपैयाँ ८७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ५२ पैसामा कारोबार भएको थियो । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ बिहिबार भने ०८ पैसाले घटेर एकको खरिददर १६८ रूपैयाँ १४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९१ पैसा कायम गरिएको छ । 

     यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ २५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६५ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ७६ पैसा र बिक्रीमा ९९ रूपैयाँ २१ पैसा कायम गरिएको छ ।

     उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९७ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०१ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९८ पैसा कायम गरेको जनाइएको छ । 
     
    यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ०३ पैसा र बिक्रीदर २८ रूपैयाँ १६ पैसा कायम गरेको छ । 

     साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ०१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend