२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

३ अर्ब बराबरको ऋणपत्र बिक्रीमा ल्याउदै सिटिजन्स बैंक


सञ्चार डबली
  • बिहीबार , माघ १८ २०८०
  • 8.2K
    SHARES

  • images
    ३ अर्ब बराबरको ऋणपत्र बिक्रीमा ल्याउदै सिटिजन्स बैंक


    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याउन प्रक्रिया अगाडि बढाएको छ।सिटिजन्स बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ऋणपत्र ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो बैंकले सिटिजन्स बैंक डिबेन्चर–२०९० जारी गर्नेछ।

    सिटिजन्स बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। बैंकले कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ।

    यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८.५ प्रतिशत ब्याज पाउनेछन्।सिटिजन्स बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend