२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

राष्ट्रपति पौडेल र  एफइएसका अध्यक्ष डा.मार्टिन शुल्जबीच भेटवार्ता


सञ्चार डबली
  • बुधबार, माघ १७ २०८०
  • 7.5K
    SHARES

  • images
    राष्ट्रपति पौडेल र  एफइएसका अध्यक्ष डा.मार्टिन शुल्जबीच भेटवार्ता


    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपीडी) का पूर्वअध्यक्ष तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा.मार्टिन शुल्जले शिष्टाचार भेटवार्ता गरेका छन् । 

    बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल सामाजिक न्यायसहितको लोकतन्त्रलाई सुदृढ गर्न लागिरहेको र यसैको माध्यमबाट लोकतान्त्रिक समाजवादतर्फ अघि बढ्ने प्रयत्न भइरहेको बताए । 

    उनले नयाँं नयाँं प्रविधिको वर्तमानयुगमा कसरी लोकतान्त्रिक समाजवादमार्फत् नेपालजस्तो मुलुकमा जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने सम्बन्धमा एफइएसजस्तो संस्थाले वैचारिक बहस चलाउनुपर्ने पनि बताए । 

    राष्ट्रपति पौडेलले नेपालीहरूले लामो संघर्ष र बलिदानपछि आफ्नो संविधान आफैं बनाएको र उक्त संविधानले समाजवादनजिक पुर्याएको बताउँंदै त्यसैमार्फत् लोकतन्त्रलाई अझ सुधार गरेर जनताको हितमा कसरी लगाउने भन्नेमा प्रयत्नशील रहेको स्पष्ट पारे । 

    उनले नेपाल र एफइयसबीच यसबारेमा गहिरो छलफल र विमर्श आवश्यक रहेको बताउँंदै यसमा आपसी सहयोगको खाँचो औँल्याएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
     
    सो अवसरमा डा। शुल्जले नेपालको संविधान अत्यन्त प्रगतिशील र उदाहरणीय रहेको उल्लेख गर्दैै नेपालमा लोकतन्त्र सुदृढीकरणको साक्षी बन्न एफइएस नेपालमा स्थापना भएको हुनाले यसका लागि हरतरहका सहयोग विश्वास व्यक्त गरे ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend