२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सिन्धुपाल्चोक कार दुर्घटनाः मृतकको परिचय खुल्यो, घाइतेको हेलिकप्टरबाट उद्धार


सञ्चार डबली
  • बुधबार, माघ १७ २०८०
  • 6.7K
    SHARES

  • images
    सिन्धुपाल्चोक कार दुर्घटनाः मृतकको परिचय खुल्यो, घाइतेको हेलिकप्टरबाट उद्धार


    काठमाडौं ।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा ज्यान गुमाएका दुई भुटानी नागरिकको नाम खुलेको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार कार दुर्घटनामा ज्यान गुमाउने भुटानी नागरिकद्वय हुनेमा ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् ।सो दुर्घटनामा घाइते भएका पाँचजना मध्ये एकजना नेपाली कार चालक रहेका गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । 

    भुटानबाट नेपाल घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको ल्याण्ड क्रुइजर गाडी बुधबार बिहान ११ बजे सडकबाट ५० मिटर तल खस्दा एक महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । 

    पाँचजना घाइतेमध्य चार पुरुष र एक महिला रहेका छन् । घाइते मध्ये दुई जनालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंस्थित केमसी अस्पताल पठाइएको र बाँकी ३ जनालाई लिन पुनः हेलिकप्टर आउने प्रहरीले जनाएको छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend