२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित चारजना पक्राउ


सञ्चार डबली
  • बुधबार, माघ १७ २०८०
  • 6.9K
    SHARES

  • images
    प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित चारजना पक्राउ

     

    काठमाडौं ।  झापा र मोरङबाट प्रहरीले प्रतिबन्धित लागूपदार्थ ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका९१७ की १९ वर्षीया अनिता बैठालाई करिब २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । उनीसँग कारोबारमा संलग्न विराटनगर–१६ की ३० वर्षीया सरस्वती गुरुङलाई डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको छ । 

    मोरङकै पथरी शनिश्चरे नगरपालिका–४ बाट ३३ वर्षीय चित्रकुमार रपाललाई २५ ग्राम ब्राउनसुगर, ५ वटा मोबाइल फोन र डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको छ । यस्तै, झापाको मेचीनगर–६ बाट बुद्धशान्ति गाउँपालिका–५ का २२ वर्षीय स्मार्ट थेवे एक ग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend