२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

आम सञ्चार क्षेत्रको नीति र कानुन निर्माणमा जोड दिएका  छौं :  सञ्चारमन्त्री शर्मा 


सञ्चार डबली
  • बुधबार, माघ १७ २०८०
  • 8.3K
    SHARES

  • images
    आम सञ्चार क्षेत्रको नीति र कानुन निर्माणमा जोड दिएका  छौं :  सञ्चारमन्त्री शर्मा 

     

    काठमाडौं ।  आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्ने सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । आज काठमाडौंमा आयोजित नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सव कार्यक्रममा उनले आम सञ्चार क्षेत्रको पुनःसंरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा आम सञ्चार क्षेत्र सुधार समिति गठन गरेको बताइन् ।

    उक्त समितिको प्रतिवेदनलाई मुख्य आधार बनाई नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको जानकारी मन्त्री शर्माले दिइन् ।
    उनले भनिन्, ‘हामी आम सञ्चार क्षेत्रकै पुनःसंरचना गर्न खोजिरहेका छौं । आम सञ्चार क्षेत्रको पुन संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारे आम सञ्चार क्षेत्र सुधार समितिको प्रतिवेदनका आधारमा नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको छ ।’

    उनले प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आम सञ्चार क्षेत्रको नीति र कानुन निर्माणमा जोड दिएको बताइन् । संविधानले प्रतयाभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित व्यावसायिक बनाउन सरकार क्रियाशील रहेको उनको भनाई छ । 

    ‘प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी हामीले आम सञ्चार क्षेत्रको नीति र कानुन निर्माणमा जोड दिएका छौ’ उनले भनिन्, ‘संविधानले पत्तयाभूत गरेकोपूर्ण प्रेस स्वतन्त्रलाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन सरकार क्रियाशील छ ।’मन्त्री शर्माले पत्रकारहरुलाई समाजमा देखा परेका उच्छृङखल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने सामग्री उत्पादन, प्रकाशन र प्रसारणमा जोड दिन आग्रह गरिन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend