२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा


सञ्चार डबली
  • बुधबार, माघ १७ २०८०
  • 7.2K
    SHARES

  • images
    कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा


    काठमाडौं । कामना सेवा विकास बैंकको ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । 

    यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी जारी गर्दा विक्री हुन नसकेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागेको हो । यो शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम २ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

    इच्छुक खरीदकर्ताहरूले माघ २४ गतेभित्र विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र माघ २४ गते विहान ११ बजे खोलिने जानकारी विक्री प्रबन्धकले दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend