२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

कृषि विश्वविद्यालयले उत्पादन र उत्पादकत्व वृद्धिमा हरतरहबाट भूमिका खेल्नुपर्छ :  प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • बुधबार, माघ १७ २०८०
  • 8.4K
    SHARES

  • images
    कृषि विश्वविद्यालयले उत्पादन र उत्पादकत्व वृद्धिमा हरतरहबाट भूमिका खेल्नुपर्छ :  प्रधानमन्त्री दाहाल


    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि र पशुपालनको क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न विश्वविद्यालयले हरतरहबाट आवश्यक भूमिका खेल्नुपर्ने बताएका छन् । आज बिहान कृषि तथा वनविज्ञान विश्वविद्यालय १२ औँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उत्पादन र उत्पादकत्व वृद्धिगरी कृषिको आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन एवं राष्ट्रिय व्यापार घाटा कम गर्नका लागि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने बताए ।

    वनको वैज्ञानिक व्यवस्थापन गरी काष्ठ एवं गैरकाष्ठ वन पैदावारबाट समुदायको आर्थिक स्थिति र रोजगार प्रवद्र्धन गर्न विश्वविद्यालयले आवश्यक अनुसन्धानमा आधारित नीतिगत सुझाव दिनुपर्ने उनको भनाइ थियो ।

    प्रधानमन्त्री दाहालले आर्थिक विकासमा कृषि, पशु र वन क्षेत्रको योगदान वृद्धि गर्न वातावरण अनुकूलित आधुनिकीकरण, यान्त्रिकीकरण र बजारीकरण गर्नुपर्ने बताए । उनले ग्रामीण समुदायको आर्थिकस्तर उठाउन शिक्षण, अनुसन्धान र प्रसारका क्रियाकलापमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सरोकारवाला संघसंस्था मिलेर अगाडि बढ्न विश्वविद्यालयलाई सुझाव दिए ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend