२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रुसी शक्तिशाली लडाकु विमान एसयु–३४ क्षतिग्रस्त


सञ्चार डबली
  • बुधबार, माघ १७ २०८०
  • 7.3K
    SHARES

  • images
    रुसी शक्तिशाली लडाकु विमान एसयु–३४ क्षतिग्रस्त


    काठमाडौं । रुसको सबैभन्दा शक्तिशाली विमान मानिने लडाकु बमवर्षक एसयु–३४ युक्रेनमा ध्वस्त भएको छ । यसलाई रुसले भोगेको सबैभन्दा ठूलो नोक्सानको रूपमा हेरिएको छ । यस सुपर सोनिक फाइटर जेटको मूल्य करिब ४२१ करोड ७५ लाख थियो । रुसी सेनाको लडाकु विमान एसयू–३४ रुसको यास्क सहरमा ९ तले भवनसँग ठोक्किएको थियो । दुर्घटना हुनुअघि दुवै पाइलट प्यारासुटमार्फत बाहिर निस्केका थिए । 

    एसयु ३४ रूसी वायुसेनाको सबैभन्दा बलियो लडाकु विमान मानिन्छ । दुई इन्जिन भएको यो सुपरसोनिक विमान जुनसुकै मौसममा पनि दुश्मनलाई आक्रमण गर्न सक्ने क्षमता राख्छ । यसमा दुई पाइलट सीटहरू छन् । यो लडाकु विमान रुसले सिरिया विरुद्धको युद्धमा पनि प्रयोग गरेको थियो । यो बमवर्षक विमानले युक्रेन विरुद्ध पनि महत्वपूर्ण भूमिका खेलेको थियो ।

    एक युक्रेनी अधिकारीले भने– हामीले मंगलबार राति लुहान्स्क क्षेत्रमा रुसको सबैभन्दा बलियो एसयू–३४ लाई खसालेका छौं । हाम्रा नायकहरूले धेरै राम्रो काम गरेका छन्। २४ फेब्रुअरी २०२२ मा सुरु भएको यस युद्धमा अहिलेसम्म ३३२ रुसी विमान ध्वस्त भएका छन् । जसमा एसयु ३५ फाइटर जेट र २ एमआइ ८ हेलिकप्टर छन् ।

    जुलाई २०२३ मा युक्रेनले रुसको किन्जल हाइपरसोनिक मिसाइल खसालेको दाबी गरेको थियो । युक्रेनी वायुसेनाका अनुसार उनीहरुले रुसको अत्याधुनिक हाइपरसोनिक मिसाइल ‘किन्झाल’लाई अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टमसँग नष्ट गरेको थियो । वायुसेनाका प्रवक्ता युरी इहनातले भनेका थिए – रुसले अमेरिकाको प्याट्रियट मिसाइल प्रणाली पुरानो भएको र रुसको हतियार विश्वकै उत्कृष्ट रहेको भन्दै आएको थियो । अहिले ‘किञ्जल’ हावामा थुप्रिएको उनीहरुको मुखमा थप्पड हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend