२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नेपाली सांसदको टोली भारतीय संसदमा जाँदै, नेपाली दुतावासले दियो ३ सुझाव


सञ्चार डबली
  • बुधबार, माघ १७ २०८०
  • 8.5K
    SHARES

  • images
    नेपाली सांसदको टोली भारतीय संसदमा जाँदै, नेपाली दुतावासले दियो ३ सुझाव


    काठमाडौं । भारत भ्रमणमा रहेको संघीय संसदीय टोलीलाइ भब्य स्वागत गरिएको छ । भारतीय संसदको अन्तराष्ट्रिय समितिको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुगेको नेपाली सांसदहरूको टोलीलाइ भारतीय संसदको चिफ अफ प्रोटोकलले स्वागत गरेको हो ।

    ३० जनवरी देखी ६ फ्रेबुअरीसम्म भारतमा रहने नेपाली सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसंग कुराकानी गर्नको लागि बिभिन्न सुझावहरू दिएको छ । जसअनुसार नेपालीलाई सिम कार्डको सहज उपलब्धता, शिक्षण संस्थानमा भारतीय सरह शुल्क लिनुपर्ने र ह्यूमन ट्र्याफिकिंगको समस्यालगायतका अजेन्डा उठाउन सुझाव दिएको हो ।

    प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन सामितिका सभापति राजकिशोर यादवको नेतृत्वमा अन्य सदस्यहरु मंगलबार भारत प्रस्थान गरेका थिए । भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबार उनीहरु भारत गएका हुन् । भारत भ्रमणमा जानेहरुमा सभापति यादवसहित सांसदहरू सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरीलगायत रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend