मंगलबार, माघ १६ , २०८०
काठमाडौं । कृषि विकास बैकले आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ गरेको छ । बैंकको ५७ औं वार्षिकोत्सवका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको उक्त सेवाको उद्घाटन गरेका हुन् ।
उक्त सेवा प्राप्त गरेपछि ग्राहकहरु डेबिट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्त हुनेछन् । त्यस्तै, ग्राहकले कृषि विकास बैंकमा भएको तलबी खातामा रकम मौज्दात सकिएपछि २ लाख रुपैयाँसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्ने छन् ।
बैंकका अनुसार यस कार्डको प्रयोग पश्चात एउटै खाताबाट बचतमा ब्याज पाइने, कर्जाको सावाँ र ब्याज तिर्न पाइने, एउटा कार्डको शुल्कले दुईवटा कार्ड ९डेबिट र क्रेडिट० को सेवा लिन पाइने, खातामा रहेको मौज्दातमा उच्चतम व्याज पाइने, ओभरड्रफ्टका अतिरिक्त मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड लगायत ओभरड्राफ्ट लिमिटको रकम उपयोग गर्न सकिने छ । बैंकले जारी गरेको यो सेवा नवीन रहेको र यस सेवाको उपभोग गरी लाभान्वित हुन बैंकले तमाम ग्राहकहरुलाई आग्रह गरेको छ ।


