२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

माघ २२ गते देशभरका फिल्म हल बन्द हुँदै


सञ्चार डबली
  • मंगलबार, माघ १६ २०८०
  • 6.2K
    SHARES

  • images
    माघ २२ गते देशभरका फिल्म हल बन्द हुँदै

    काठमाडौँ, १६ माघ । आगामी माघ २२ गते देशभरका फिल्म हलहरु बन्द हुने भएका छन् ।

    नेपाल चलचित्र संघले मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा उक्त एकदिन अर्थात आगामी सोमबार हल बन्द गर्ने निर्णय गरेको हो ।

    मंगलबार एक सूचना जारी गर्दै संघले उक्त एकदिन हल बन्द गराउने जानकारी गराएको हो ।

    सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहिता विपरित चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्नेभ अवस्था भएको बताएको छ ।

    सङ्घले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend