२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

११ बुँदे माडी घोषणपत्र जारी गर्दै सकियो  ‘प्रदेश युवा सम्मेलन’


सञ्चार डबली
  • मंगलबार, माघ १६ २०८०
  • 10.0K
    SHARES

  • images
    ११ बुँदे माडी घोषणपत्र जारी गर्दै सकियो  ‘प्रदेश युवा सम्मेलन’


    काठमाडौं । ११ बुँदे माडी घोषणपत्र जारी गर्दै तेश्रो ‘प्रदेश युवा सम्मेलनः २०२४’  सम्पन्न भएको छ । ‘उद्यमी युवा समृद्ध देश दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषद र एनसेलको बिशेष सहकार्यमा चितवनको माडीमा माघ १३ देखि १५ गतेसम्म आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समुहका करिव दुईसय युवाहरुले सहभागिता जनाएका थिए ।  

    तीन दिनको कार्यक्रममा बिशेषत युवा उद्यमशीलता, दिगो विकास लक्ष्यलाई कसरी स्थानीयकरण गर्न सकिन्छ, जलवायु परिवर्तनमा युवाको भुमिका के हुन्छ र हुनुपर्छ, होमस्टे व्यसायबाट कसरी अर्थोपार्जन गर्न सकिन्छ, रैथाने खाना तथा परिकारहरुको प्रचारप्रसारमा युवाको भुमिका के हुन्छ, वातावरण संरक्षणमा युवाको भुमिका, असल शासन स्थापित गर्न युवाको भुमिका के हुन्छ र कसरी गर्न सकिन्छ भन्ने जस्ता बिषयहरुमा कार्यपत्र प्रस्तुत भएको आयोजक नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले जानकारी दिए ।

    कार्यक्रमको अन्तिम दिन नेपाल सरकारका पूर्वमन्त्री गिरीराजमणी पोखरेलले पनि बिशेष सेसन समेत लिएका थिए । त्यसैगरी माडी नगरपालिका प्रमुख तारा कुमारी माजी महतो ज्यूसँग मेयरसँग युवा भन्ने प्यानल छलफल समेत भएको थियो ।
    कार्यक्रमको पहिलो दिन हुने सांस्कृतिक साँझले युवाहरुको सक्रिय सहभागिता बढाएको थियो । विभिन्न सिमान्तकृत समुदाय, बिशेष क्षमता भएका समुदायको सहभागिता तथा महिला पुरुषको वरावर सहभागिताले सम्मेलनलाई समावेशितामा जोड दिइएको थियो । प्रदेश भित्रको स्थानीय संस्कृति तथा स्थानीय उत्पादनको चिनारी तथा प्रवद्र्धन जोड दिएको थियो ।

    सम्मेलनलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल उद्घाटन गर्का थिए भने माडी नगरपालिकाको उपप्रमुख खेमप्रसाद महतोले सम्मेनलको समापन गरे । कार्यक्रमको सहआयोजकमा माडी नगरपालिका र बास नेपाल रहेको थियो भने होमस्टे महासंघ नेपाल, रैथाने एग्री प्रडक्ट्स नेपाल र टुरिजम फर पर्सपरेटी सहाकार्य रहेको छ । एनसेलको बिशेष सहयोग रहेको यस कार्यक्रममा कोकाकोला नेपालले पनि सहयोग र सहकार्य गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend