२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आईपीओ जारी गर्दै रंगुन खोला हाइड्रोपावर


सञ्चार डबली
  • मंगलबार, माघ १६ २०८०
  • 9.1K
    SHARES

  • images
    आईपीओ जारी गर्दै रंगुन खोला हाइड्रोपावर


    काठमाडौं । रंगुन खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले आईपीओ निष्कासन प्रस्तावसंगै फागुन ९ गते वार्षिक साधारणसभा पनि बोलाएको छ ।

    यस कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने र सर्वसाधारणलाई आईपीओ निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

    साथै, आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । यस्तै, सञ्चालक समितिको निर्वाचन प्रस्ताव हुनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend