२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

शहीदहरुको सपना साक्षी राखी एकजुट भएर काम गर्न आवश्यक छ : उपप्रमुख डंगोल


सञ्चार डबली
  • मंगलबार, माघ १६ २०८०
  • 9.1K
    SHARES

  • images
    शहीदहरुको सपना साक्षी राखी एकजुट भएर काम गर्न आवश्यक छ : उपप्रमुख डंगोल


    काठमाडौं । शहीदहरुको सपना साक्षी राखी एकजुट भएर काम गर्न आवश्यक रहेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले  बताएकी छिन् । आज काठमाडौंमा शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले शहीदहरुको बलिदानको जगमा टेकेर सबैले स्वतन्त्रता र स्वाधिनताको उपयोग गरिरहेको भन्दै शहीदले देख्नुभएको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि भने अहिले हामी सबैका बीचमा साझा संकल्प चाहिएको बताइन् । 

    उनले भनिन्,‘शहीदहरुको बलिदानको जगमा टेकेर आज हामी जसरी सबै जनाले शासन, स्वतन्त्रता र स्वाधिनताको उपयोग गरिरहेका छौँ । हामीले अहिले प्रयोग गरिरहेको लोकतान्त्रिक शासन व्यवस्था पनि यसैको नतिजा हो । शहीदले देख्नुभएको सपना र त्यसलाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि भने अहिले हामी सबैका बीचमा साझा संकल्प चाहिएको छ । जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न शहीदहरुको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको छ । यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’

    उनले नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, उत्थान र सँगसँगै स्वास्थ्य शिक्षामा पहुँच तथा समावेशी पहुँचयुक्त विकासमा प्रतिबद्ध रहेको बताइन् । स्थानीय सरकार तहगत रुपमा नै नागरिकको मुहारमा खुशी ल्याउने कर्ममा लाग्नुपर्ने र त्यसैबाट शहीदले देखेका सम्पूर्ण सपनाहरु पूरा गर्न सकिने उनको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend