२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

तरलताको व्यवस्थापन गर्न थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैंक


सञ्चार डबली
  • मंगलबार, माघ १६ २०८०
  • 7.2K
    SHARES

  • images
    तरलताको व्यवस्थापन गर्न थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैंक


    काठमाडौं । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत थप २० अर्ब रुपैयाँ बजारबाट तान्दै छ।केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो। राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् उक्त रकम तान्न लागेको हो।केन्द्रीय बैंकका अनुसार मंगलबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

    साँवा र ब्याज भुक्तानी मिति फागुन १ गते निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।

  • सम्बन्धित विषय:

  • # अर्थतन्त्र
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend