२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

आजदेखि सरकारी कार्यालयहरू बेलुकी ५ बजेसम्मै खुल्ने


सञ्चार डबली
  • मंगलबार, माघ १६ २०८०
  • 7.8K
    SHARES

  • images
    आजदेखि सरकारी कार्यालयहरू बेलुकी ५ बजेसम्मै खुल्ने


    काठमाडौं । आजदेखि  देशभरका सरकारी कार्यालयहरू विहान १० बजेदेखि ५ बजेसम्मै खुल्नेछन् । सरकारले जाडो याममा सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा घटाएको थियो । तर, अब दिनहरू लम्बिने भएकाले कार्यालयहरू बेलुका ५ बजेसम्म नै सञ्चालन हुनेछन् ।

    सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुने तोकेको थियो ।

    त्यसबाहेक कात्तिक १५ देखि माघ १५ सम्मको अवधिमा भने कार्यालय समय १० देखि ४ बजेसम्म मात्रै हुने निर्धारण गरिएको थियो । शुक्रबार भने विहान १० बजेदेखि ३ बजेसम्मलाई कार्यालय समय तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend