२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, बढ्यो डलरको भाउ


सञ्चार डबली
  • मंगलबार, माघ १६ २०८०
  • 10.5K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, बढ्यो डलरको भाउ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ।

    शुक्रबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार भने ०३ पैसाले बढेको हो। आज अमेरिकीडलर एकको खरिददर १३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३२ पैसामा कारोबार भएको छ। यसअघि यसको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसामा कारोबार भएको थियो।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ५९ पैसा र बिक्रीदर १४४ रूपैयाँ २४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४३ पैसाले घटेको हो। सोमबार युरोको खरिददर १४४ रूपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६७ पैसामा कारोबार भएको थियो।

    त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको मंगलबार खरिददर १६८ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०२ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ८० पैसा र बिक्रीमा ९९ रूपैयाँ २४ पैसा कायम गरिएको छ।

    यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०२ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ।

    यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ०४ पैसा र बिक्रीदर २८ रूपैयाँ १६ पैसा कायम गरेको छ।

    साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ४३३ रूपैयाँ २८ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend