१५ माघ २०८०, सोमबार
जुम्ला : चरिचरणको लागी अछामको कमलबजार नगरपालिका वडा नं ६ गैटाणामा चरणक्षेत्रको लागी लिएका जुम्ली भेडा अज्ञात रोगका कारण मर्न थालेका हुन । हिमा गाउँपालिका ५ बुहँगाउका नन्द बहादुर बमले चरिचरण लागी ल्याएका ६० वटा भेडा मरिसकेको बताए । हिमा,तिला,तातोपानी र सिजाका गरी झण्डै १२ सय भेडाहरु मध्येबाट २ सय भेडा गएको एक साताबाट बिरामी भएका छन । भेडालाई पखाला लाग्ने पेट फुल्ने समस्या देखिएको छ । उनले भने, भेडाको उपचारको लागी कर्णाली प्रदेश सरकार र अन्य निकायसंग पहल गरेका छौ ।
कर्णाली प्रदेश सरकारका कृषि मन्त्री शर्माले तत्काल समस्या समाधानको लागि प्रभावित क्षेत्रमा औषधी सहितको पशुचिकित्सक टोली अछामको गैटाणा पठाउने भएको छ। उनले प्रदेश सरकार किसानको पशुधन सुरक्षामा चिन्तित बनेको छ । कर्णालीबाट अछाम पुग्न समय लाग्ने अवस्था रहेको बताउदै तत्काल किसानको समस्या समाधान गर्नका लागी भोलीनै औषधी सहितको पशु चिकित्सक टोली अछाम पठाउन मन्त्रालयका सचिव पशु विकास महाशाखा प्रमुखलाइ निर्देशन गरिसकेका छन ।
किसानको समस्या आउन साथ सुदुरपश्चिम सरकार कृषि मन्त्रालयका कृषि सचिव संग समन्वय गर्न मन्त्री ज्युको निर्देशन पछि कृषि सचिव डाक्टर मदन धामी संग समन्वय गरेको प्रदेश सचिव नरहरि प्रसाद घिमिरेले बताए । उनका अनुसार सबै संगको समन्वय पछि प्रभावित क्षेत्रमा पशुचिकित्सक सहितको टोली जाने भएको बताए ।
त्यस्तै भेडा पालक किसानहरुले प्रदेश सरकारलाई हाम्रो आयश्रोतको एक मात्रै माध्यम भेडापालन हो भेडापालन ब्यबसायमा अज्ञात रोगको समस्या देखिएकाले उपाचारको अनुरोध गरेका छन । किसानको गुनासोलाई मध्यनजर गरी प्रदेश सकारबाट समस्या समाधानको लागि पहल भइरहेको बताएको छ ।


