२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

ग्यासगिजरका कारण निसास्सिएर हेटौंडामा एक युवकको मृत्यु


  • सोमबार, माघ १५ २०८०
  • 8.8K
    SHARES

  • images
    ग्यासगिजरका कारण निसास्सिएर हेटौंडामा एक युवकको मृत्यु

    हेटौंडा, १५ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यासगिजरका कारण निसास्सिएर एक युवकको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार सोमबार दिउँसो १२ बजेको समयमा शौचालयमा शौच गर्न छिरेका यादवप्रसाद काफ्लेका २५ वर्षीय छोरा युनेश काफ्लेको मृत्यु भएको हो।

    बाथरुम छिरेका युनेश निकैबेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाएका थिए। बोलाउँदासमेत नबोलेपछि ढोका फोडी बेहोस अवस्थामा उद्धार गरिएको थियो। उनलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार शौचालय–बाथरुममा रहेको ग्यासगिजर खुल्लै भएकाले युनेश बेहोस भएको आफन्तले बताएका थिए।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend