२०८३, असोज १६ गते

images
Logo

Oct 02 2026 | २०८३, असोज १६ गते

images
  • शुक्रबार, असोज १६ २०८३
images

देश आत्मनिर्भर नभएसम्म स्थायीत्वको विकास हुन सक्दैन : परराष्ट्रमन्त्री साउद


सञ्चार डबली
  • सोमबार, माघ १५ २०८०
  • 9.9K
    SHARES

  • images
    देश आत्मनिर्भर नभएसम्म स्थायीत्वको विकास हुन सक्दैन : परराष्ट्रमन्त्री साउद


    काठमाडौं ।  देश आत्मनिर्भर नभएसम्म स्थायीत्वको विकास हुन नसक्ने परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन् । सोमबार नेपाल–भारत मैत्री चिकित्सा सम्बन्धी तीन दिने शिविरको समापन कार्यक्रममा बोल्दै मन्त्री साउदले आत्मनिर्भर हुन सरकारले आर्थिक विकासको क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए । 

    उनले भने, ‘जबसम्म देश आफ्नो खुट्टामा उभिन सक्दैन अर्थात आत्मनिर्भर हुन सक्दैन, मुलुकले विकासको गति लिन सक्दैन् । भारत र नेपालबिच परनिर्भरता पनि त्यतिकै छ । मुलुकलाई आत्मनिर्भर बनाउन आर्थिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने हुन्छ ।’भारत छिमेकी मित्रराष्ट्र भएको नाताले नेपालका समस्याहरु समाधान गर्ने दायित्व भारतको पनि रहेको उनको भनाई थियो । मन्त्री साउदले सन् २०१९ पछि पहिलो पटक नेपालमा १० लाख विदेशी पर्यटक भित्रिएको बताउँदै नेपालका पुरातात्वीक सम्पदा र अन्य भौतिक पूर्वाधारको विकास गर्नसके लाखौं भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने बताए । 

    उनले भने, ‘हामीसँग प्रतिष्ठित तीर्थस्थलहरु छन् । ती तिर्थस्थलहरुको विकास गरे भारतीय पर्यटकहरुलाई भित्र्याउन सक्यौं भने हाम्रो अर्थतन्त्र माथि उठ्न टेवा पुग्नसक्छ ।’कुनैबेला भारतले ठूलो आर्थिक चपेटाको सामना गरेको भन्दै धार्मिक र पर्यटन क्षेत्रको विकासका कारण विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक भएको उल्लेख गरे । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend