२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच विभिन्न विषयहरुमा छलफल


सञ्चार डबली
  • सोमबार, माघ १५ २०८०
  • 7.2K
    SHARES

  • images
    नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच विभिन्न विषयहरुमा छलफल


    काठमाडौं । नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच विभिन्न विषयहरुमा छलफल भएको छ । नाडाको सचिवालय टेकुमा विभिन्न विषयहरुमा छलफल भएको हो । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा भएको छलफलमा नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा छलफल भएको हो ।

    साथै, यसै विषयमा अर्को पटक छलफल गर्ने तय समेत गरिएको नाडाले जनाएको छ। उक्त बैठकमा सो प्रोजेक्टकातर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति थियो । त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवालको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend