२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रिडी पावरको ५० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तय


सञ्चार डबली
  • सोमबार, माघ १५ २०८०
  • 8.6K
    SHARES

  • images
    रिडी पावरको ५० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तय


    काठमाडौं । रिडी पावरको ५० प्रतिशत हकप्रदका लागि बुक क्लोज मिति तय गरेको छ ।रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न माघ २२ गते बुक क्लोज गर्ने भएको छ ।जसअनुसार माघ २१ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

    यस कम्पनीलाई १ः०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । जसअनुसार यसले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको हो ।

    कम्पनीको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend