२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना


सञ्चार डबली
  • सोमबार, माघ १५ २०८०
  • 7.6K
    SHARES

  • images
    आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

    १५ माघ २०८०, सोमबार

    काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । तराई–मधेश क्षेत्रका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।हिमपात, हुस्सु र कुहिरोका कारण चिसो बढ्ने भएकाले यसबाट बच्ने उपाय अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

    यस्तै, तराई क्षेत्रमा हुस्सु लाग्ने हुँदा सवारी चलाउँदा सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend