२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 ९६ प्रतिशतले बढ्यो आइएमई लाइफ इन्स्योरेन्सको नाफा


सञ्चार डबली
  • आइतबार, माघ १४ २०८०
  • 9.4K
    SHARES

  • images
     ९६ प्रतिशतले बढ्यो आइएमई लाइफ इन्स्योरेन्सको नाफा


    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्ष २०७९–८० को अवधिसम्मको तुलनामा ९६.१४ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    दोस्रो त्रैमासमा कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्क १२।३३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधि सम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

    समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधि सम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधि सम्मको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन ११.२० प्रतिशत बढेको थियो ।

    कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ११.७४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.२७ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend