२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ


सञ्चार डबली
  • शुक्रबार, माघ १२ २०८०
  • 9.1K
    SHARES

  • images
    जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ


    काठमाडौं ।  खोटाङ र धनकुटाबाट बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङकाके बराहपोखरी गाउँपालिका–२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई प्रहरीले पक्राउ गरेको छ । आलेमगरले ती बालिकालाई पुस २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा  प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
     
     १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ खुडी बस्ने ४४ वर्षीय अनके लोहोरूङ राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई सोही गाउँपालिका–८ टप्पु डाँडास्थित गोठमा गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend