२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्यायो


सञ्चार डबली
  • शुक्रबार, माघ १२ २०८०
  • 8.5K
    SHARES

  • images
    नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्यायो

    काठमाडौं । नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा ल्याएको हो।

    बैंकले बिहीबार औपचारिक रूपमा शुभारम्भ गर्दै स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रूपैयाँसम्मको कर्जा सुविधा ल्याएको हो । बैंकले न्यूनतम १५ लाख रूपैयाँदेखि १० करोड रूपैयाँसम्मका सुविधा दिनेछ । त्यसमा बैंकले विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा तोकेको छ ।

    बैंकले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रूपैयाँको कर्जा प्रदान गर्नेछ । त्यसैगरी, बैंकले लगानी थप गरी उद्योग विस्तार गर्न चाहनेलाई १५ लाख रूपैयाँदेखि १ करोड रूपैयाँसम्म कर्जा दिनेछ ।

    त्यस्तै, सञ्चालनमा रहेका उद्योगलाई थप लगानी गरी व्यवसाय अगाडि बढाउनेलाई १ करोडदेखि ५ करोड रूपैयाँसम्म सुविधा बैंकले दिने भएको छ । उक्त कर्जा व्यापार बढाउने र नयाँ प्रविधि प्रयोग गरेर बजारमा जाने योजना रहेका नेपालीलाई प्रदान गर्नेछ ।

    सञ्चालन गर्दै आएका व्यवसायलाई बजारमा ठूलो क्षमतामा अगाडि बढाउने योजना बनाएका युवाहरूलाई बैंकले १० करोड रूपैयाँसम्म कर्जा दिनेछ ।कर्जाका लागि नागरिकतासहित कोल्याट्रलको आवश्यक पर्नेछ । बैंकले कर्जामा १.५ प्रतिशत ब्याजदर कायम गरेको छ । कर्जा प्राप्तका लागि धितोको रूपमा व्यक्तिगत ग्यारेन्टी र जग्गा तथा आफूसँग भएको सम्पत्ति राख्न सकिने बैंकले जनाएको छ ।

    उक्त कर्जा आयमुलक व्यवसायरउद्यम सुरू वा विस्तार गर्न प्रोत्साहन हुने बैंकको विश्वास छ । बैंकले न्यूनतम आकर्षक ब्याजदरका साथ १० वर्षसम्मका लागि कर्जा दिने भएको हो । बैंकले कर्जा लिन चाहनेका लागि ३५ दिनभित्र कर्जा स्वीकृती दिने बैंकले जनाएको छ ।

    बैंकका कार्यकारी प्रमुख ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले वैदेशिक रोजगारीमा गएर नेपाल आएका नेपालीहरूलाई सहजै कसरी कर्जा प्रदान गर्न सकिन्छ भनेर विभिन्न चरणमा छलफल गरेर आर्थिक रूपमा सहयोग गरेमा अर्थतन्त्रमा टेवा पुग्ने गरी योजना ल्याएको बताए।

    बैंकले ल्याएको कर्जाले रोजगारी सिर्जना हुने र उत्पादकत्व बढ्न गई अर्थतन्त्रमा टेवा पुग्ने उनी बताउँछन् । कर्जाको योजनाले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन प्रोत्सान गर्ने उनको जिकिर छ । ‘दक्ष प्रवासी उद्यमशील कर्जाले कर्जा मात्रै नभएर सीपको उपयुक्त प्रयोग हुनेछ,’ उनले भने।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अहिले वैदेशिक रोजगारी बाध्यात्मक भएकाले हजारौं युवाहरू विदेशिने गरेको बताए । नेपालमा रोजगारी सिर्जना गर्न सक्ने अवस्था नभएकाले विदेशिने क्रम बढिरहँदा बैंकको यस्तो योजनाले विदेशबाट फर्किएका युवाहरुलाई सहयोग पुग्ने उनले बताए ।‘वैदेशिक रोजगारीलाई कम गर्न विभिन्न क्षेत्रबाट कार्यहरू भइरहेको छ । नबिल बैंकले पनि प्रवासी नेपालीको विषयमा चासो राखेको छ । जुन निकै राम्रो काम हो,’ उनले भने ।

    सरकारले वैदेशिक रोजगारीमा गएर फर्किएका युवारूलाई सीपको उपयुक्त क्षेत्रमा प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको उनले बताए । आगामी दिनमा युवाहरूलाई स्वदेशमा नै व्यवस्थापन गर्न सबै क्षेत्रले सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

    मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सीप सिकेर आएका नेपालीहरूलाई नबिल बैंकले गरेको कार्य सह्रानीय रहेको बताए । वैदेशिक रोजगारीमा गएका मात्रै नभएर नेपालमा फर्किनेको संख्या पनि उच्च रहेको र उक्त वर्गलाई लक्षित गरेर ल्याएको योजनाले युवाहरूलाई व्यवसाय गर्न पुँजीमा निकै सहयोग पुग्ने उनले बताए ।

    बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले एउटा मुभमेन्ट नै ल्याएको बताए । प्रवासी नेपालीहरूले धेरै प्रकारका सीप सिकेर आउने र त्यसको प्रयोग गरेर दिगो रूपमा रोजगारी तथा उद्यम गर्न सक्ने वातावरण यसबाट सिर्जना हुने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend