२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न सकेन : अर्थमन्त्री महत


सञ्चार डबली
  • शुक्रबार, माघ १२ २०८०
  • 8.4K
    SHARES

  • images
    राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न सकेन : अर्थमन्त्री महत

    काठमाडौं ।  सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेकोले सरकारलाई दबाब बढेको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महतले राजश्व केही वृद्धि भएपनि लक्ष्यअनुसार उठ्न नसकेको उल्लेख गरे । अर्थमन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए ।

    महतले भने, ‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छौं । राजश्व केही वृद्धि भएको छ । तर, हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन ।’अर्थमन्त्री महतले सरकारले सोचेअनुुसारको राजस्व वृद्धि हुन नसक्नुमा राजश्व संरचनामा आइरहेको डिजिटल परिवर्तनलाई प्रमुख कारण औंल्याएका छन् । 

    ‘राजश्व संरचनामा परिवर्तन आइरहेको छ । डिजिटल युगमा संसारै अगाडि बढेको छ, हामी पछि पछ्याउँदै छौं । यो डिजिटलाइजेशनको सँगसँगै अब ट्रान्जेक्शन व्यवसाय गर्ने शैली परिवर्तन भइसकेको छ । हामीले पनि आफ्नो शैलीलाई, तौरतरिकालाई त्यही अनुसार नढाल्ने हो भने हामी यो सबैखाले डिजिटलबेस व्यवसाय छ, त्यसलाई क्याप्चर गर्न सक्दैनौँ । त्यसबाट प्राप्त हुने जुन राजश्व छ, त्यो राजश्व हामी लिन सक्दैनौँ । यसमा आन्तरिक राजश्व कार्यालयको अझ ज्यादा अगाडि बढ्नुपर्ने अवस्था छ । धेरै व्यवसाय डिजिटलबेस भएको छ । त्यस्तै भन्सार कार्यालयले पनि आफूलाई एकदमै अपडेट गरेर लैजानुपर्नेछ’,महतले भने । 

    उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने भन्दै आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए । 

    साथै उनले विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको धारणा राखे । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजश्व उठेको भनाइ उनको छ ।
    ‘हामीले इभी (विद्युतीय सवारी)  लाई प्रर्बधन गर्ने उदेश्यले इन्धनमा चल्ने सवारीरुको तुलनामा अत्यन्त न्यून भन्सार दर राखेका छौं । त्यसले गर्दा पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजश्व उठेको अवस्था छ । परम्परागत हिसावले जुन हामीले राजस्वको आँकलन गरिराखेका छौं, यता,इभीलाई अपनाउने जुन प्रक्षेपण गरेका थियौं,त्यो भन्दा ज्यादा इभि सवारी खरिदमा आम नागरिकहरु उन्मुख छन् । त्यसकारण राजस्वको लक्ष्य प्राप्त गर्न थप कठिनाई आएको छ’ महतले भने । 

    महतले देशैभरी रहेको भन्सार प्रशासनलाई प्रविधिमैत्री बनाउँदै लैजाने र भन्सार प्रसाशनलाई बायस हुनबाट मुक्ति दिलाउन आफूहरु लागेको भन्दै द्रुत गतिमा डिजिटल प्रविधिमैत्री बताए । ‘देशैभरी भन्सारमा जिम्मेवारी लिएका जो हुनुहुन्छ, जसले कर प्रसाशनमा जुन जिम्मेवारी लिनुभएको छ त्यसलाई थप जिम्मेवारीका साथ निर्वाह गर्न जरुरी छ । समेसम्म हामी डिजिटाइजेसनमार्फत जो वैयक्तिक इन्टे«स्ट राखेर बायस राख्ने कुराहरुमा पनि प्रविधिको प्रयोग गरेर त्यसबाट पनि मुक्ति दिलाउनेतर्फ हामी द्रुत गतिमा अगाडि बढ्छौं ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend