२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

चीनको युनान प्रान्तमा पहिरोमा परी हालसम्म ३९ को मृत्यु ९०० बढी गाउँले बिस्थापित


सञ्चार डबली
  • शुक्रबार, माघ १२ २०८०
  • 8.9K
    SHARES

  • images
    चीनको युनान प्रान्तमा पहिरोमा परी हालसम्म ३९ को मृत्यु ९०० बढी गाउँले बिस्थापित


    काठमाडौं । दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा  यो विपद् आएको हो ।चिसो तापक्रम र हिमपातको बीचमा खोजी र उद्धार कार्य जारी राखिएको  छ।

     घटनास्थलमा एक्साभेटर, ड्रोन र उद्धार गर्ने कुकुरको सहयोगमा १ हजार भन्दा बढी उद्धारकर्ताले काम गरिरहेको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ । बाँचेका दुई जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

     राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्थानीय विज्ञहरूले गरेको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै भनिएको छ कि उक्त पहिरो ठाडो चट्टान क्षेत्रको भत्किएर आएको थियो, जसमा करिब १०० मिटर चौडाइ, ६० मिटर अग्लो र औसत ६ मिटर गहिराइमा भत्किएको थियो। 

     प्रारम्भिक स्खलन के कारणले भयो ? भन्ने बारे विस्तृत विवरण दिइएको छैन।सिन्ह्वाले पोष्ट गरेको हवाई तस्बिरहरूले देखाएको छ कि भारी टेरेस्ड पहाडको छेउमा गाउँका धेरै घरहरू खसेको छ। ९०० भन्दा बढी गाउँलेलाई स्थानान्तरण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend