२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अर्थमन्त्री डा.महतद्वारा लक्ष्यअनुसार राजश्व उठाउन नसकेको स्वीकारोक्ति


  • शुक्रबार, माघ १२ २०८०
  • 8.7K
    SHARES

  • images
    अर्थमन्त्री डा.महतद्वारा लक्ष्यअनुसार राजश्व उठाउन नसकेको स्वीकारोक्ति

    काठमाडौं, १२ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको स्वीकार गरेका छन्।

    अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

    डा. महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए। उनले राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको स्वीकार गरे।

    उनले भने, ‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छाैँ। राजश्व केही वृद्धि भएको छ। तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन।’

    उनले राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताएका हुन्। डा. महतले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने समेत बताए।

    उनले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उल्लेख गरे।

    विद्युतीय सवारी साधनहरूको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको उनको जिकिर थियो।

    इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजश्व डा. महतको दाबी थियो।

    ‘अहिले भन्सारको कुरा गर्दा हिजो हामी गाडी आयात जुन नेपालमा हुन्छ, त्यो इन्धनमा आधारित थियो। पेट्रोल र डिजेलमा आधारित थियो। अहिले इभीको आयात इन्धनमा आधारित गाडीहरूको भन्दा डबल नै भएको छ। यो पछिल्लो समयमा र हामीले इभीलाई प्रमोट गर्ने हिसाबले जुन अत्यन्त न्यून, इन्धन बेस भेइकलको तुलनामा न्यून भन्सार दर राखेका छौँ। त्यसले गर्दा मात्रै अहिलेकै पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजश्व उठेको छ। त्यसले गर्दा जुन हामी परम्परागत हिसाबबाट जुन राजश्व वृद्धिको आकलन गरिरहेका थियौँ, र यही ईभी एडप्टेशनको पनि जुन प्रक्षेपण गरेका थियौँ। त्यो भन्दा ज्यादा आम नागरिकहरू त्यतातिर उन्मुख छन्। जसले गर्दा हाम्रो राजश्वको लक्ष्य प्राप्त गर्न थप कठिनाइ आएको छ’, उनले भने। 



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend