२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

धारिलो हतियार प्रहार गरी एकजनाको हत्या


  • शुक्रबार, माघ १२ २०८०
  • 7.9K
    SHARES

  • images
    धारिलो हतियार प्रहार गरी एकजनाको हत्या

    म्याग्दी, माघ १२ । म्याग्दीको सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एकजना युवाको हत्या भएको छ। बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीवार साँझ हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए।

    उनका अनुसार बेनीको न्यूरोडमा युवाहरुको समुहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए।

    मृतकको टाउको र छातीमा चोट लागेको छ। थप दुई जना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ। घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घटनाबारे बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक कुमार गरुङले बताए।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend