२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 राष्ट्रिय सभा निर्वाचनः ९९.३२ प्रतिशत मत खस्यो


सञ्चार डबली
  • बिहीबार , माघ ११ २०८०
  • 9.2K
    SHARES

  • images
     राष्ट्रिय सभा निर्वाचनः ९९.३२ प्रतिशत मत खस्यो


    काठमाडौं । राष्ट्रिय सभाका १९ सिटका लागि मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ९९.३२ प्रतिशत मत खसेको छ । सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयले तोकिएका मतदान केन्द्रमा भएको मतदान शान्तिपूर्ण रुपले सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका सहसचिब एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सबै प्रदेशमा ९९ प्रतिशत माथि मत खसेको हो ।

    कोशी प्रदेशमा ९९.२७ प्रतिशत, मधेशमा ९९.७३, बागमतीमा ९८.५६, गण्डकीमा ९९.५७, लुम्बिनीमा ९९.३४, कर्णालीमा एकसय प्रतिशत र सुदुरपश्चिममा ९८.६८ प्रतिशत मत खसेको प्रवक्ता पौडेलले जानकारी दिए । सबै प्रदेशमा रहेका २०४६ मतदातामध्ये २०३२ जनाले मतदान गर्दा ९९.३२ प्रतिशत मत खसेको उनले बताए ।आयोगका अनुसार बिहीबार बेलुकासम्म परिणाम समेत सार्वजनिक हुनेछ । निर्वाचनमा ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend