२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सभामुख घिमिरे र संयुक्त राष्ट्रसंघका उपमहासचिव नाकामित्सुबीच भेटवार्ता


सञ्चार डबली
  • बिहीबार , माघ ११ २०८०
  • 10.7K
    SHARES

  • images
    सभामुख घिमिरे र संयुक्त राष्ट्रसंघका उपमहासचिव नाकामित्सुबीच भेटवार्ता
     

    काठमाडौं । सभामुख देवराज घिमिरेसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निःशस्त्रीकरण मामिला सम्बन्धि राष्ट्रसंघीय उच्च प्रतिनिधि महामहिम इजुमी नाकामित्सुले भेट गरेकी छन् ।  भेटमा हतियार निःशस्त्रीकरणमा राष्ट्रसंघ तथा नेपालले गरेका प्रयासहरु, साना र हलुका हतियार सम्बन्धी कार्य योजना, अन्र्तराष्ट्रिय सन्धी अनुमोदन लगायतका विषयमा छलफल भएको छ ।

    सभामुख घिमिरेले संयुक्त राष्ट्र संघ, निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिद्वारा महासभामा गरिएका प्रयासहरू, निःशस्त्रीकरण मामिलाहरूमा संयुक्त राष्ट्र संघ कार्यालयले गरेका विश्वव्यापी निःशस्त्रीकरण प्रयासहरूको सराहना गरे । 

    ‘मलाई विश्वास छ कि एशिया–प्रशान्त क्षेत्रीय तयारी बैठकमा भएका छलफलले साना र हलुका हतियार सम्बन्धी कार्य योजना सम्बन्धि चौथो समीक्षा सम्मेलन को सफलतामा ठूलो योगदान पु¥याउनेछ,’ सभामुखले घिमिरेले भने, ‘यस प्रक्रियामा रचनात्मक योगदान गर्न नेपाल तयार छ ।’

    सभामुख घिमिरेले १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै नेपालले संयुक्त राष्ट्र संघसँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताए । 

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको हालैको नेपाल भ्रमणले संयुक्त राष्ट्रसंघ र नेपाल दुवैले एकअर्कालाई उच्च महत्व दिएको पुष्टि भएको उनको भनाइ छ । 

    सभामुख घिमिरेले नेपाल बुद्ध जन्मिएको देश भएको उल्लेख गर्दै शान्तिपूर्ण समाधान, अन्य राज्यहरूको आन्तरिक मामिलामा धम्की वा बल प्रयोग नगर्ने र हस्तक्षेप नगर्ने सिद्धान्तहरूको समर्थन गर्ने बताए । 

    भेटमा संयुक्त राष्ट्रसंघका उपमहासचिव नाकामित्सुले नेपालको संसदले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि र आणविक हतियार निषेध सन्धि अनुमोदन गर्ने विश्वास व्यक्त गरिन् । जवाफमा सभामुख घिमिरेले सरकारसँगको समन्वयमा सन्धि अनुमोदनबारे संसदले गृहकार्य गर्ने जानकारी दिए ।  

    उपमहासचिव नाकामित्सुले नेपाल विश्व शान्तिका लागि योगदान दिने दोस्रो मुलुक र विश्व शान्तिका लागि महिलाहरुको प्रतिनिधित्व गराउने पहिलो मुलुक रहेको बताउँदै शान्ति स्थापनामा गरेको योगदानको कदर गरिन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend