२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानमा छौं : श्रममन्त्री भण्डारी


सञ्चार डबली
  • बिहीबार , माघ ११ २०८०
  • 8.4K
    SHARES

  • images
    आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानमा छौं : श्रममन्त्री भण्डारी

    काठमाडौं । आन्तरिक रोजगार प्रवर्द्धनका लागि गृहकार्य गरिरहेको बताएका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले छन् । मन्त्री भण्डारीले आज काठमाडौंमा आयोजित नविल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानको रुपमा अगाडि बढाउन गृहकार्य गरिरहेको उल्लेख गरेका छन् ।  

    मन्त्री भण्डारीले भने, ‘आन्तरिक रोजगारीको निम्ति के गर्न सकिन्छ वा सरकारको सहकर्मी को हुनसक्छ भन्ने गृहकार्यमा लागेका छौं । त्यसको आधारमा २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानको रुपमा अगाडि बढाउन गृहकार्य गरिरहेको छौं ।’

    उनले अहिलेको अवस्थामा वैदेशिक रोजगारमा जाने प्रक्रियालाई व्यवस्थित गर्दै यसमा भएका बिभिन्न अनियमिततालाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । अहिलेको वैदेशिक रोजगारको अवस्थामा जबसम्म विकल्प दिन सकिदैन तबसम्म त्यसलाई व्यवस्थित पनि गर्न नसकिने उनको भनाई छ । 

    मन्त्री भण्डारीले भने,‘अहिलेको अवस्थामा वैदेशिक रोजगारमा जाने प्रक्रियालाई व्यवस्थित गर्दै यसमा भएका बिभिन्न अनियमिततालाई नियन्त्रण गर्दै अहिलेको अवस्थामा जबसम्म विकल्प दिन सक्दैनौ त्यसलाई व्यवस्थित गर्न  सक्दैनौ । व्यवस्थित गर्ने तरिकाले काम गर्न आवश्यक छ । हाम्रो जनशक्तिलाई फर्काएर ल्याउने कुरालाई नियोजित तरिकाले काम गर्न आवश्यक छ । कहिले फर्काएर ल्याउने र देशको समृद्धिको कुरामा प्रयोग गर्ने भन्ने कुरामा एक खालको अध्ययनको आवश्यक छ ।’ उनले अहिले राष्ट्रिय आप्रवास नीतिको लागि काम गरिरहेको जिकिर गरे । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend