२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

इजरायलद्वारा गाजाको राष्ट्र संघीय आश्रयस्थलमा हमला, ९ जनाको मृत्यु


सञ्चार डबली
  • बिहीबार , माघ ११ २०८०
  • 8.7K
    SHARES

  • images
    इजरायलद्वारा गाजाको राष्ट्र संघीय आश्रयस्थलमा हमला, ९ जनाको मृत्यु

    काठमाडौं । गाजाको दक्षिणी सहर खान युनिसमा रहेको संयुक्त राष्ट्र संघको आश्रयस्थलमा इजरायली सेनाले गोलाबारी गर्दा कैयौं व्यक्तिको मृत्यु भएको छ । प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र संघको गाजा एजेन्सीका प्रमुखका अनुसार इजरायली हमला बास्तवमै डर लाग्दो थियो ।

    ‘दुईवटा ट्याङ्कर राउण्डले ८०० जनालाई आश्रय दिने भवनमा हमला गरेको थियो, जसमा अहिलेसम्म ९ जनाको मृत्यु भएको र ७५ जना घाइते भएको खबर छ,’ प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सी इन द नेयर इस्टका गाजा निर्देशक थोमस ह्वाइटले सामाजिक सञ्जालमा भने। बुधवार पहिले छुट्टै पोष्टमा उनै ह्वाइटले भनेका थिए कि विस्थापित परिवारहरूलाई आश्रय दिने प्रशिक्षण केन्द्रमा आगो लगाइएको थियो।

    पीडितको संख्या बढ्ने अनुमान गरिएको छ किनभने संयुक्त राष्ट्रका अधिकारीले घटनाले सामुहिक हताहत भएको बताएका छन् ।इजरायली सेनाले सो आक्रमण गर्नु अघि कुनै चेतावनी जारी नगरेको उनले बताए।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend