२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदरः घट्यो डलरको भाउ  


सञ्चार डबली
  • बिहीबार , माघ ११ २०८०
  • 10.1K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदरः घट्यो डलरको भाउ  


    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। अमेरिकी डलरको भाउ आज ५ पैसाले घटेको छ। जसअनुसार बिहीबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा कायम गरिएको छ। यसअघि बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसामा कारोबार भएको थियो।

    यसैगरी आज ४१ पैसाले बढेको छ। बिहिबार युरो एकको खरिदमा १४४ रूपैयाँ ६० पैसा र बिक्रीमा १४५ रूपैयाँ २६ पैसा कायम गरिएको छ।बिहीबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ २१ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८६ पैसा तोकिएको थियो।

    त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको बुधबार खरिददर १६९ रूपैयाँ १४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९७ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा कायम गरिएको छ।

    यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०४ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ।

    यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ०५ पैसा र बिक्रीदर २८ रूपैयाँ १७ पैसा कायम गरेको छ।

    साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३१ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend