२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सर्वोत्तम सिमेन्टको आइपिओमा आजसम्म मात्रै आवेदन दिन सकिने


सञ्चार डबली
  • बुधबार, माघ १० २०८०
  • 9.0K
    SHARES

  • images
    सर्वोत्तम सिमेन्टको आइपिओमा आजसम्म मात्रै आवेदन दिन सकिने

    काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओमा आजसम्म मात्रै आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही पुस २५ गतेदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

    त्यसैगरी, कम्पनीले उद्योग तथा खानी उत्खनन प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आइपिओमा आवेदन दिने म्याद भने थप गरेको छ । स्थानीय बासिन्दाले माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गरेको हो ।

    साथै, कम्पनीले २ लाख ६७ हजार कित्ता आइपिओ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीका लागि निष्कासन गरेको हो । कम्पनीको आइपिओमा प्रतिकित्ता ३६०.९० रुपियाँका दरले आवेदन दिनुपर्नेछ भने न्यूनतम कित्ता ५० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend