२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

विदेशी मुद्राको विनिमय दर, बढ्यो अमेरिकी डलरको भाउ


सञ्चार डबली
  • बुधबार, माघ १० २०८०
  • 9.4K
    SHARES

  • images
    विदेशी मुद्राको विनिमय दर, बढ्यो अमेरिकी डलरको भाउ
     

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। लगातार ३ दिनदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ आज बढेको हो। 

    जसअनुसार बुधबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा बुधबार १४ पैसाले डलरको भाउ बढेको हो। यसअघि अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसामा कारोबार भएको थियो।

    यसैगरी आज १३ पैसाले घटेको छ। बुधबार युरो एकको खरिदमा १४४ रूपैयाँ २१ पैसा र बिक्रीमा १४४ रूपैयाँ ८६ पैसा कायम गरिएको छ।मंगलबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९९ पैसा तोकिएको थियो।

    त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको बुधबार खरिददर १६८ रूपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रूपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७१ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ४८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ९२ पैसा कायम गरिएको छ।

    यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९७ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ एक पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९६ पैसा कायम गरेको जनाइएको छ। 

    यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ८ पैसा र बिक्रीदर २८ रूपैयाँ २१ पैसा कायम गरेको छ। 

    साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ २२ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ७६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend