२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कालीमाटीको तरकारी मूल्यः लोकल गोलभेडा २० रूपैयाँ किलो


सञ्चार डबली
  • बुधबार, माघ १० २०८०
  • 10.2K
    SHARES

  • images
    कालीमाटीको तरकारी मूल्यः लोकल गोलभेडा २० रूपैयाँ किलो

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

    समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, लोकल सानो गोलभेडा २०, अदुवा १७०, रातो आलु ३३, रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ३०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

    लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २५, लौका ६०, लोकल सेतो मूला १० र रातो मूला १५, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी १२०, हरियो फर्सी लाम्चो ६० र हरियो डल्लो फर्सी ५० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ३० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ९० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ।

    गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ९० र पुदीना २८० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ७०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन १००, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी ११०, र हरियो धनिया ९० रुपैयाँ पाइने समितले जनाएको छ।उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २७०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend