२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पूर्वाधार निर्माणमा तीन विद्यालयलाई माछापुच्छ्रे बैंकको सहयोग


सञ्चार डबली
  • मंगलबार, माघ ९ २०८०
  • 8.9K
    SHARES

  • images
    पूर्वाधार निर्माणमा तीन विद्यालयलाई माछापुच्छ्रे बैंकको सहयोग

    मंगलबार, माघ ९, २०८०
    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालयहरूलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ । बैंकले कर्णाली प्रदेशको सुर्खेतस्थित शारदा नगरपालिका–१५, माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी सुविधाको लागि आवश्यक पूर्वाधार निर्माण गर्न भएको छ ।

    यस्तै, सुदूरपश्चिम प्रदेशको कैलालीको गोदावरी नगरपालिका–६, बडेहाँस्थित शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गर्न विद्यालयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । त्यसैगरी बैंकले वाग्मती प्रदेशको काठमाडौं महानगरपालिका–४ स्थितमा रहेको पञ्चकन्या आधारभुत विद्यालयलाई आवश्यक सभाहलको निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

    विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानी तथा शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भएपछि बैंकले विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend