२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समारोह सकियो, यस्तो छ रामको मूर्ति


सञ्चार डबली
  • सोमबार, माघ ८ २०८०
  • 9.2K
    SHARES

  • images
    अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा समारोह सकियो, यस्तो छ रामको मूर्ति


    काठमाडौं । भारतको अयोध्यामा रामको प्राण प्रतिष्ठा समारोह सम्पन्न भएको छ । अयोध्याको नवनिर्मित राममन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज प्राण प्रतिष्ठा कार्यक्रम गरिएको हो ।

    सुन र फूलले सजिएको ५१ इन्चको रामललाको मूर्तिको पहिलो तस्विर सार्वजनिक भएको छ । तस्विरमा रामलल्लाको शिरमा सुनको मुकुट र घाँटीमा हिरा र मोतीको माला छ । यसबाहेक कानमा झुम्का लगाइएको छ । उनको हातमा सुनको धनुष र बाण छ । रामललाले पहेंलो धोती लगाएको देखिन्छ।

    रामलल्लाको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले गर्भगृहमा रामलल्लाको पूजा गरेर मूर्तिको अनुष्ठान गरेका थिए । त्यसपछि प्रधानमन्त्री मोदीले रामललाको आरती गरे । त्यस क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, राज्यपाल आनन्दीबेन पटेल, संघ प्रमुख मोहन भागवत पनि गर्भगृहमा उपस्थित थिए।

    यो मूर्ति कर्नाटकका मूर्तिकार अरुण योगीराजले बनाएका हुन् । जुन शालिग्रामबाट बनेको हो । शास्त्र तथा धार्मिक ग्रन्थहरूमा शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानिएको छ । मर्यादा पुरुषोत्तम श्रीराम भगवान विष्णुको सातौं अवतार मानिन्छ । जनवरी २३ बाट राम मन्दिर सर्वसाधारणका लागि खोलिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend