२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नेपाल पर्यटन बोर्डमा चिनियाँ फोटो प्रदर्शनी


सञ्चार डबली
  • सोमबार, माघ ८ २०८०
  • 9.4K
    SHARES

  • images
    नेपाल पर्यटन बोर्डमा चिनियाँ फोटो प्रदर्शनी


    काठमाडौं । चीनका विभिन्न पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिने उद्देश्यले नेपाल पर्यटन बोर्डमा फोटो प्रदर्शनी गरिएको छ । चिनियाँ फोटोग्राफी एसोसिएशनले फोटो प्रदर्शनी आयोजना गरेको हो । नेपालीलाई चीन भ्रमणमा जान प्रेरित गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएकोप्रति नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख डा।धनन्जय रेग्मीले धन्यवाद ज्ञापन गरे ।

    नेपालका प्रधानमन्त्रीले चीन भ्रमणको क्रममा चीनमा ‘नेपाल भिजिट वर्ष २०२५’ को घोषणा गर्दै चिनियाँ नागरिकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने काम गरेको उल्लेख गर्दै रेग्मीले यसप्रकारका कामले दुई देशको सम्बन्ध सुमधुर बनाउनुको साथै पर्यटकको संख्या वृद्धि गर्नलाई सहयोग पुग्ने बताए । उनले नेपालमा आउने चीनिया पर्यटकको संख्या दुई वर्षमा ३० प्रतिशतसम्म पु¥याउने लक्ष्यका साथ काम गरिरहेको पनि जानकारी दिए ।

    उनले भने, ‘नेपाल र चीनबीचको मित्रता धेरै पुरानो छ । नेपाल भ्रमण गर्ने कुल पर्यटकको संख्यामध्ये १५ प्रतिशत चीनबाट आउने गरेका छन् । कोभिडपछि पर्यटकको आगमन रोकिएपनि अहिले फेरि बढ्ने क्रममा छ । नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावास अहिले नेपालमा आउने पर्यटकको संख्या दुई बर्षमा ३० प्रतिशतसम्म पुर्याउने लक्ष्यमा छौं ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend